यसरी सञ्चालनमा ल्याउने तयारी हुँदैछ जावलाखेलको चिडियाखाना

काठमाडौं । कोरोना भाइरसको कारण पछिल्लो नौं महिनादेखि बन्द रहेको काठमाडौंको जावलाखेलस्थित सदर चिडियाखाना सञ्चालन गर्ने तयारी गरिएको छ ।

कोरोना भाइरसको जोखिम भने उच्च रहेको कारण नयाँ सुरक्षा मापदण्ड अनुसार चिडियाखाना सञ्चालन गरिने प्रशासनले जनाएको छ ।

प्रवेश शुल्कबाट हुने आम्दानीबाट खर्च धान्नुपर्ने बाध्यता रहेकोले खर्चमा समस्या पर्दै गएको कारण चिडियाखाना सञ्चालन गर्ने तयारी गरिएको बताईएको छ ।

यस्ता छन् नयाँ मापदण्ड

१. एक चोटिमा बढीमा ८०० जनाले प्रवेश गर्न पाउने

२. मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य

३. सामाजिक दुरी कायम

चिडियाखानामा झन्डै ११२ प्रजातिका १,००० भन्दा बढी पशुपक्षी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here