ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट स्वीकार गर्दैनौंः नेपाल सरकार

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई स्वीकार नगर्ने सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ बताएका छन् ।

आइतवार मन्त्रिपरिषद्को बैठक सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेमलनमा बोल्दै मन्त्री गुरुङले मिसनका आधारमा तयार गरिएको रिपोर्ट कुनै पनि हालतमा सरकारलाई मान्य नहुने बताएका हुन् ।

ट्रान्सपरेन्सी इन्टरनेशनलमा आवद्ध व्यक्तिहरु राजनीतिक पूर्वाग्रह राख्ने भएकाले उनीहरुले बनाएको रिपोर्ट मान्य नहुने उनको भनाई छ ।

ट्रान्सपरेन्सी रिपोर्टमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नै भ्रष्टाचारलाई प्रशय दिएको उल्लेख गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here