सुनचाँदीको मूल्य बढ्यो, कति छ कारोबार मूल्य ?

काठमाडौं, १६ मंसिर । केही दिनयता लगातार घट्दो क्रममा रहेको सुनचाँदीको मूल्य मंगलवार भने बढेको छ । आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढ्यो ।

अघिल्लो दिन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ५०० रुपैयाँ बढ्दै प्रतितोला ९० हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आज तेजावी सुनको मूल्य पनि प्रतितोला ५५० रुपैयाँ नै बढ्यो । तेजावी सुनको मूल्य आज प्रतितोला ९० हजार ५० रुपैयाँ कायम भएको छ ।

मंगलवार चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँ बढ्यो । आज चाँदीको कारोबारी मूल्य प्रतितोला ११५५ रुपैयाँ तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here