नेप्से २००० विन्दुमा, ७ अर्ब ४० करोडको कारोबार

काठमाडौं, १६ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अंकले बढेको छ । केहि दिनदेखि दैनिक नयाँ रेकर्ड राखेको नेप्से मंगलबार ३.३५ अंकले बढेर २०००.४० विन्दुमा कायम भएको हो ।

यसदिन १९७ कम्पनीको ७ अर्ब ४० करोड ४१ लाख ५४ हजार ७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१ करोड ८५ लाख ७६ हजार ७ सय ८ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ५ वटा समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी ७ समूहको परिसूचक ओरालो लागेका छन् । कारोबार भएका कुल १९६ कम्पनी मध्ये ४१ कम्पनीको मूल्य बढेको छ भने १४५ कम्पनीको मूल्य घटेको छ । ११ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

आज ५ वटा कम्पनीहरुको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, रसुवागढी हाइड्रोपावर, अपर तामाकोशी हाइड्रोपावर, सान्जेन जलविद्युत कम्पनी लिमिटेड र नेपाल टेलिकमको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here