गोरखाको शहिद लखन गाउँपालिकामा १८ करोड लागतमा १५ शैयाको अस्पताल बन्ने

गोरखा । जिल्लाको शहिद लखन गाउँपालिका ५ ताक्लुङ केउरेनीडाडाँमा १८ करोड लागतमा १५ शैयाको अस्पताल बन्ने भएको छ ।

सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार अस्पताल नभएका स्थानीय तहमा आधारभुत अस्पताल बनाउने कार्यक्रम अनुसार शहिद लखन गाउँपालिकामा पनि १५ शैयाको अस्पताल बन्ने भएको हो । जसका लागि गाउँपालिकाले ताक्लुङको केउरेनीडाडाँलाई रोजेको छ ।

अस्पतालको गाऊँपालिका अध्यक्ष रमेश थापामगरले सोमबार भवन निर्माणको शिलान्यास गरेका हुन् ।

अस्पताल निर्माणमा १८ करोड रुपैयाँ लागत अनुमान गरिएकोमा यो वर्ष २ करोड २८ लाख रुपैयाँ वजेट विनियोजन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here