‘हिउँदेबालीका लागि मल पर्याप्त, तोकिएका बिक्रेतासँग सम्पर्क गर्न आग्रह’

काठमाडौं, १६ मंसिर । हिउँदेबालीका लागि आवश्यक मलको अभाव नहुने भएको छ । कृषि सामग्री कम्पनीले एक सूचना जारी गर्दे सरकारले खरिद गरेको मल आइरहेकोले हिउँदेबालीका लागि अभाव नहुने जनाएको हो ।

उक्त मल आएसँगै धानबालीका लागि मलको अभाव खेपेका किसानले गहुँ तथा आलु सहित हिउँदेबालीका लागि मल पर्याप्त पाउने छन् । नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडले केही दिनयता युरिया मल ल्याउन थालेको हो ।

नेपालका लागि तेस्रो मुलुकबाट ३० हजार मेट्रिक टन युरिया ल्याउनुपर्नेमा हालसम्म एक हजार मेट्रिक टन युरिया तथा चार हजार ६०० मेट्रिक टन पोटास वीरगञ्ज कार्यालयमा आइसकेको कृषि सामग्री कम्पनीले जनाएको छ ।

सरकारले स्विस सिंगापुर सप्लायरमार्फत् चीनबाट खरिद गरेको ३० हजार मेट्रिक टन युरिया नेपाल भित्रिएको छ । १९ हजार टन डीएपी र १० हजार टन पोटास आएको छ । भारतीय सप्लायर इण्डियन पोटास लिमिटेड (आईपीएल) मार्फत साउदी अरेबियाबाट डीएपी र बेलारुसबाट पोटास खरिद गरिएको हो ।

कृषि सामग्री कम्पनीले प्राप्त गरेको मल गहुँ, आलु तथा हिउँदेबालीमा प्रयोग हुनेछ । कृषि सामग्री कम्पनीले धानबालीमा माग अनुसार मल आपूर्ति गर्न नसकेको तर गहुँ तथा हिउँदे बालिका लागि मल पर्याप्त रहेको जनाएको छ । साथै मल वितरणका लागि निर्देशिका अनुसार पालिका तहमा बिक्रीका लागि तोकिएका मल बिक्रेताहरु मार्फत बिक्री बितरण भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here