यूएई लगायतका देशमा भिजिट भिसामा रोजगारीमा नजान विभागको आग्रह

काठमाडौं, १७ मंसिर । यूएई लगायतका विभिन्न देशमा राम्रो काम र सेवासुविधाको प्रलोभनमा गैरकानुनी रुपमा रोजगारीको लागि जानेको संख्या बढेको छ ।

भिजिट भिसामा पठाएका श्रमिकहरु ठगीमा पर्ने क्रम बढेको भन्दै प्रलोभनमा परी वैदेशिक रोजगारीमा नजान वैदेशिक रोजगार विभागले अनुरोध गरेको छ ।

विभागले एक विज्ञप्ती जारी गर्दै यूएईलगायत देशमा आकर्षक सेवा सुविधाको प्रलोभनमा विभिन्न व्यक्ति तथा संस्थाहरु समेत संलग्न भई भिजिट भिषामा रोजगारीको लागि श्रमीकहरु गएको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । यसरी परदेश गएकाहरु ठगीमा परेर विभागमा उजुरी पर्न थालेको छ ।

भिजिट भिसामा परदेश गएर काम गर्दा कुनै मानसिक र शारीरिक हिंसा भएमा वा कुनै कानूनी अप्ठेरो परेमा व्यक्ति स्वयम नै जिम्मेवार हुनुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here