बढ्न थाल्यो सुनचाँदीको मूल्य, प्रतितोला ९१ हजारमा कारोबार

काठमाडौं, १७ मंसिर । केही दिनयता लगातार घट्दो क्रममा रहेको सुनचाँदीको मूल्य बढ्न थालेको छ । आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढ्यो ।

अघिल्लो दिन प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ५०० रुपैयाँ बढ्दै प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आज तेजावी सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ नै बढ्यो । तेजावी सुनको मूल्य आज प्रतितोला ९० हजार ५५० रुपैयाँ कायम भएको छ ।

मंगलवार चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँ बढ्यो । आज चाँदीको कारोबारी मूल्य प्रतितोला ११८५ रुपैयाँ तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here