कोरोना महामारीमा ४० प्रतिशत अपाङ्गता व्यक्तिले रोजगारी गुमाए

काठमाडौं, १८ मंसिर । बिहिबार २९ औं विश्व अपाङ्गता दिवस । कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितता: अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ मनाइँदैछ ।

यो नारा नेपालका लागि नेपाल सरकारले तय गरेको हो । कोरोना भाइरस संक्रमण महामारीको अवधिमा ४० प्रतिशत अपाङ्गता भएका व्यक्तिले रोजगारी गुमाएकाले तिनको रोजगारी सुनिश्चिताका लागि जोड दिइएको छ ।

महासङ्घका अध्यक्ष मित्रलाल शर्माले निजामती सेवामा कायम पाँच प्रतिशत अपाङ्गता भएका व्यक्तिको सहभागितालाई संसद्मा विचाराधीन निजामती कर्मचारी विधेयकबाट हटाइएको भन्दै आलोचना गरेका छन् ।

आफूहरुको सहज जीवनयापन र सहभागिताका लागि नीतिगत रुपमा वकालतलगायत विभिन्न कार्यक्रम गरी अन्तरराष्ट्रिय दिवस मनाइने उनले बताए ।

महासङ्घका महासचिव राजु बस्नेतले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धिको अनुमोदनपश्चात् र राज्य पुनःसरचनापश्चात्को नयाँ पृष्ठभूमिमा नेपालमा अपाङ्गता भएका व्यक्तिको अधिकारको सवालमा केही राम्रा नीतिगत परिवर्तन भएका भए पनि व्यावहारिक कार्यान्वयनका क्षेत्रमा समस्या रहेको बताए ।

महासङ्घले राष्ट्रिय जनगणना २०७८ को पूर्वसन्ध्यामा जनगणनालाई समावेशी बनाइ अपाङ्गता भएका व्यक्तिकोसमेत वास्तविक गणनागरी अपाङ्गता भएका व्यक्तिको तथ्याङ्क सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

महासंघले राष्ट्रिय जनगणना २०७८ को पूर्वसन्ध्यामा जनगणनालाई समावेशी बनाइ अपाङ्गता भएका व्यक्तिकोसमेत वास्तविक गणना गरी अपाङ्गता भएका व्यक्तिको तथ्यांक सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।

अपाङ्गता भएका व्यक्तिको अधिकारलाई विश्वव्यापीरूपमा स्थापित गर्ने प्रयासका क्रममा सन् १९८१ लाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय अपाङ्गता वर्षको रूपमा घोषणा गर्यो ।

सन् १९९२ बाट हरेक वर्षको डिसेम्बर ३ तारिखलाई अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने घोषणा गरिएको थियो । नेपालमा सन् २०१३ बाट उक्त दिवस मनाउन थालिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here