‘डिसेम्बर फल्स’ मा आर्यन र उपासनाको जोडी

काठमाडौं । अभिनेत्री उपासना सिंह ठकुरी फिल्म ‘डिसेम्बर फल्स’ मा अनुबन्धित भएकी छन् ।

यसअघि फिल्मको मुख्य भुमिकामा आर्यन सिग्देललाई घोषणा गरिसकेको निर्माण टिमले अभिनेत्रीमा उपासनालाई छनोट गरेको हो ।

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्मलाई झाले निर्देशन गर्दैछन् ।

फिल्ममा आर्यन र उपासनाका साथमा सुमन थापा, सलोन बस्नेत, नागेन्द्र रिजाल, चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाल,नरेश भट्टराईलगायतले अभिनय रहने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here