मापदण्ड पूरा गरेकालाई तीनदिनमै कोरोना बीमाको भुक्तानी दिन अर्थको पुनः ताकेता

काठमाडौं, १८ मंसिर । अर्थमन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानी तीन दिनभित्रमा गरिसक्न बीमा समितिलाई पुनः ताकेता गरेको छ ।

कोरोना बीमा रकम ७ दिन भित्रै भुक्तानी दिनु भन्ने आफ्नो निर्देशन कार्यान्वयन नभएपछि अर्थमन्त्रालयलाई तीनदिन भित्र भुक्तानी दिन निर्देशन दिइएको हो ।

गत कात्तिक १८ गतेको निर्णयअनुसार एक सातामै भुक्तानी दिइसक्नुपर्ने भए पनि हालसम्म न्यून संख्यामा भुक्तानी भएको गुनासो आएपछि सबै प्रक्रिया पूरा भएका बीमितलाई तीनदिनभित्र भुक्तानी दिने व्यवस्था मिलाउन अर्थले निर्देशन दिएको छ ।

अर्थले हालसम्मको दाबी संख्या, कागजात पूरा भएको दाबी संख्या, प्रमाणिकरणका लागि स्वास्थ्य सेवा विभाग पठाएको संख्या, नक्कली दाबीको संख्या, दाबी भुक्तानीको विवरण र कागजात पुरा भएर भुक्तानी गर्न बाँकी विवरण सार्वजनिक गर्न समितिलाई निर्देशन पनि दिएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here