काठमाडौं, २१ मंसिर । विश्वमा कोरोना भाइरस (कोभिड-१९) को कोरोना संक्रमण फेरि तीव्र रुपमा बढ्न थालेको छ । बीचको केही समय ओर्लिएको कोरोना संक्रमण र त्यसका कारण मृत्यु हुनेको दर पहिलेको तथ्यांकलाई उछिन्दै कोरोना संक्रमण र मृत्यु दर अगाडि बढेको छ ।
पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख ४५ हजार २३१ संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । हालसम्म विश्वमा ६ करोड ६८ लाख ५७ हजार ९६९ जनामा कोरोना संक्रमण देखिसकेको छ ।
पछिल्लो २४ घण्टामा विश्वमा कोरोना संक्रमणका कारण १२ हजार २४२ संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट सबैभन्दा धेरै अमेरिकामै २ लाख ८७ हजार ८२५ जनाले ज्यान गुमाएका छन् ।
संक्रमणको मारमा नेपाल पनि परेको छ । नेपालमा कोराना संक्रमितको संख्या दिनहुँ थपिदै गएको छ । लकडाउन र निषेधाज्ञले केहि नियन्त्रणमा रहेको कोरोना सबै क्षेत्र खुल्ला भएसँगै संक्रमित र मृत्यु हुने दरपनि थपिदै गएको हो ।
तर नेपालीहरुको चाडपर्वपछि भने नेपालमा कोरोनाको चेकजाँचको संख्या पनि घटेको छ भने संक्रमणको दर पनि घटेको छ । यससँगै नेपाल सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा ३८ औं स्थानमा रहेको छ । यसअघि नेपाल ३३ औं स्थानसम्म आइपुगेको थियो ।
बढी प्रभावित देशको पहिलो स्थानमा अमेरिका रहेको छ । अमेरिकामा संक्रमितको संख्या आइतबारसम्म १ करोड ४९ लाख ८३ हजार ४२५ पुगेको छ। मृत्यु हुनेको संख्या २ लाख ८७ हजार २८२ पुगेको छ ।
त्यस्तै भारत दोस्रो स्थानमा रहेको छ भारतमा संक्रमितको संख्या ९६ लाख ४४ हजार ५२९ पुगेको छ भने मृतकको संख्या १ लाख ४० हजार २१६ जनाको मृत्यु भएको छ भने संक्रमण मुक्त हुनेको संख्या ९१ लाख ७ सय ९२ जना पुगेका छन् ।
तेस्रो स्थानमा रहेको ब्राजिलमा कोरोना संक्रमितको संख्या ६५ लाख ७७ हजार १७७ पुगेको छ भने मृतकको संख्या १ लाख ७६ हजार ६४१ रहेको छ ।
सार्क राष्ट्रमा कोरोना: कुन देशमा कति संक्रमित, कतिको मृत्यु ?
सार्क क्षेत्रमै भारत धेरै कोरोना संक्रमित र मुत्यु भएको देश हो। भने विश्वमा दोस्रो स्थानमा रहेको छ । बंगलादेश कोरोना प्रभावित देशहरुको सूचीको २६ औं स्थानमा रहेको छ त्यहाँ ४ लाख ७५ हजार ७८९ जनालाई कोरोना संक्रमण भएको छ भने ६ हजार ८ सय ७ जनाको मृत्यु भएको छ।
संक्रमण मुक्त हुनेको संख्या ३ लाख ९३ हजार ४ सय ८ पुगेको छ। पाकिस्तान कोरोना प्रभावित देशहरुको सूचीको २८ औं स्थानमा रहेको छ ।
पाकिस्तान ४ लाख १६ हजार ४९९ जनामा कोरोना संक्रमण भएको छ भने ८ हजार ३ सय ६१ जनाको मृत्यु भएको छ। ३ लाख ५५ हजार १२ जना संक्रमण मुक्त भएका छन् ।
भुटान कोरोना प्रभावित देशहरुको सूचीको १८६ औं स्थानमा रहेको छ । भुटानमा ४ सय २६ जनालाई कोरोना देखिएको छ। मृत्यु हुनेको संख्या २ जना रहेका छन् । ३८७ जना संक्रमण मुक्त भएका छन् ।
श्रीलंका कोरोना प्रभावित देशहरुको सूचीको ९६ औं स्थानमा रहेको छ । त्यहाँ अहिलेसम्म २७ हजार २ सय २८ जनालाई कोरोना संक्रमण भएको छ भने १३७ जनाको मृत्यु भएको छ। २० हजार ९० जना संक्रमण मुक्त भएका छन् ।
अफगानिस्तान कोरोना प्रभावित देशहरुको सूचीको ८८ औं स्थानमा रहेको छ । त्यहाँ ४७ हजार ६ सय ४१ जनालाई कोरोना संक्रमण भएको छ भने १८ सय ६५ जनाको मृत्यु भएको छ। ३७ हजार ४८५ जना संक्रमण मुक्त भएका छन् ।
माल्दिभ्समा कोरोना प्रभावित देशहरुको सूचीको ११३ औं स्थानमा रहेको छ । त्यहाँ संक्रमितको संख्या १३ हजार १ सय ५९ रहेको छ। मृत्यु हुनेको संख्या ४७ छ भने उपचारपछि निको हुनेको संख्या १२ हजार २ सय ६४ पुगेको छ ।
नेपालमा नेपालमा २ लाख ३९ हजार ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये २ लाख २४ हजार ५३ जना संक्रमणमुक्त भएका छन् भने १५७७ जनाको मृत्यु भएको छ।
डाटास्रोत: वर्ल्डोमिटर्स