कनेक्ट आइपीएसको नयाँ ग्राहक बनेमा १०० रुपैयाँ सितैमा पाइने

काठमाडौं, ६ जेठ । नेपाल क्लियरिङ हाउसले ‘कनेक्ट गर्नुहोस रु १०० पाउनुहोस्’ अफर ल्याएको छ ।

नयाँ ग्राहकहरुका लागि लक्षित सो अफर यही जेष्ठ १ देखि सुरु गरिएको क्लियरिङ हाउसले बताएको छ ।

अफर अन्तर्गत कनेक्ट आइपीएस प्रणालीमा आबद्ध हुने नयाँ ग्राहकले युजर आइडी बनाएपछि मोबाइल र इमेल आइडी भेरीफाइ गराइ रु ३०को लागि योग्य हुन सक्छन् भने कनेक्ट आइपीएसको कुनै पनि सदस्य बैंकमा रहेको आफ्नो खातामा उक्त युजर आबद्ध गराइ थप ७० रुपैंया पाउन सक्नेछन् ।

अफर सीमित अवधिका लागि मात्र लागू हुने बताइएको छ । साथै प्रयोगकर्ताको लिंक गरिएको पहिलो बैंक खाताको लागी मात्र मान्य हुने पनि क्लियरिङ हाउसले जानकारी दिएको छ ।

कनेक्ट आइपीएस विद्युतीय भुक्तानी प्रणाली मार्फत हाल नेपाल सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोगको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरलाई भुक्तानीे लगायत अन्य विभिन्न सेवा प्रदायकहरुलाई भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।

यस प्रणालीमा हाल सम्म ५५ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेको र ४७ वटा बैंक तथा वित्तीय संस्थाहरुबाट सेवा उपलब्ध भइरहेको बताइएको छ ।

यस संस्थामार्फत हाल अनलाईन मार्फत् प्रति कारोबार रु. १ लाख सम्म र मोबाईल एप्स मार्फत् प्रति कारोबार रु. ५ हजार सम्मको भुक्तानी कारोबार गर्न सक्ने व्यवस्था रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here