पप्पु गुरुङ्ग
दोधारा, २१ मंसिर । कञ्चनपुरको माहाकाली नगरपालिकाको नाम परिवर्तन हुने भएको छ । शुक्रबार बसेको बैठकले नगरपालिकाको नाम परिवर्तन गर्ने निर्णय गरेको हो ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट विजयी प्रतिनिधिसभा सदस्य डा. दिपकप्रकाश भट्टको सचिवालयले मन्त्रिपरिषद् बैठकबाट नगरपालिकाको नाम परिवर्तन गर्ने निर्णय भएको पुष्टि गरेको छ ।
सचिवालयकाअनुसार अब माहाकाली नगरपालिकाको नाम दोधारा चाँदनी नगरपालिका हुने भएको छ । यसअघि देश संघीय संरचनामा जाँदा साविकका दोधारा र चाँदनी गाउँ विकास समितिलाई समायोजन गरेर माहाकाली नगरपालिका बनाइएको थियो ।