एउटै फिल्मबाट १ अर्ब १८ करोड लिने रजनीकान्त !

काठमाडौं । अभिनेता रजनीकान्तले आफ्नो पछिल्लो फिल्म दरबारको लागि १ अर्ब १८ करोड भारु पारिश्रमिक लगिेको खुलासा भएको छ ।

तर, फिल्म बक्स अफिसमा राम्रो कमाई गर्न नसकेपछि उनले घटाएको पनि भारतिय सञ्चार माध्यमहरु बताउछन् । रजनिकान्त एसियाकै महँगो हिरोको रुपमा पनि परिचित भइसकेका छन् । उनका साथै, साउथ अभिनेता विजयले पनि एउटा सिनेमाको लागि १ अर्ब भारु पारिश्रमिक लिने गरेका छन् ।

पछिल्लो समय रजनीकान्त राजनीतिमा प्रवेश गर्ने तयारीमा छन् । हालैको समाचार अनुसार उनले नयाँ पार्टी खोल्ने घोषणा पनि गरेका छन् ।

उनले पार्टीको औपचारिक घोषणा भने यही डिसेम्बर ३१ तारिखका दिन गर्ने बताइएको छ । उनी राजनीतिमा आएपछि अभिनय छोड्छन् या निरन्तरता नै दिन्छन् भन्ने हेर्न बाकीँ नै छ ।(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here