महिला शान्ति सुरक्षामा केन्द्रीत नाटक ‘वीररुपा’ प्रदर्शन

काठमाडौं । महिला हिंसा विरुद्धको १६ दिने अभियानको शिलशिलामा काठमाण्डौमा महिला, शान्ति सुरक्षाका सवालमा केन्द्रीत एक नाटक वीररुपा प्रदर्शन गरिएको छ ।

नाटकले समाजमा व्याप्त महिला हिंसाका घटनाहरुलाई विभिन्न चार पात्रको जीवन भोगाइ मार्फत प्रस्तुत गरेको छ । नाटकले महिला हिंसा अन्त्य गर्न तथा लैगीक समानता कायम गर्नका लागि नितिगत सुधार भएपनि कार्यन्वयनको पक्ष कमजोर रहेको यर्थाथतालाई देखाएको छ ।

नाटकका निर्देशक राजन खतिवडा नाटक महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहदा सरोकारवालाहरुलाई थप संवेदनशिल बनाउने र यसैका माध्यमबाट महिला अधिकारको वकालत गर्ने उद्धेश्यबाट प्रेरीत भएको बताउनुहुन्छ ।

नाटकमा १२ जना थिएटर कलाकाहरुको अभिनय रहेको थियो । संघिय संसद तथा प्रदेश सभाका सांसदहरु, अभियन्ता, रंगकर्मि तथा सञ्चारकर्मि सहित चार सय भन्दा वढीले अनलाइनमा उक्त नाटक अवलोकन गरेका छन् । अनलाईन मार्फत प्रदर्शन गरिएको नाटक हेरीसकेपछि संघिय संसदका सदस्य गगन कुमार थापाले नाटक यर्थाथमा आधारीत भएको धारणा राखे ।

लैंगीक समनताका लागि पछिल्लो समय केहि आशा लाग्दा प्रयासहरु सुरु भएको उल्लेख गर्दै नेता थापाले यस्ता कार्यक्रमहरु निति निर्माताहरुलाई खवरदारीका लागि महत्वपुर्ण सावित हुने विश्वास व्यक्त गरे । कार्यक्रमका सहभागीहरुले यस्ता चेतनामुलक नाटकहरु एउटा कार्यक्रममा सिमित नगरी देशका विभिन्न क्षेत्रमा निरन्तर प्रदर्शनको आवश्यकतामा जोड दिए ।

कार्यक्रम यूएनडिपिको संसद सहयोग परियोजनाको सहयोग र स्पेस तथा मण्डला थिएटरको संयुक्त आयोजनामा मंसिर २० गते सम्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here