निजी आवास पुनर्निर्माणको अनुदान लिने नयाँ डेडलाइन‚ मंसिर मसान्तसम्म सम्झौता गर्नुपर्ने

काठमाडौं, २१ मंसिर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडित आवास अनुदान रकम बुझ्ने समयसीमा तोकेको छ ।

प्राधिकरणले आइतबार एक सूचना निकाल्दै निजी आवास पुनर्निर्माण गर्ने लाभग्राहीको लागि समयसीमा तोकेको हो । समयसीमा अनुसार मंसिर मसान्तसम्म अनुदान सम्झौता गर्नुपर्ने र पहिलो किस्ता पुस १५ गतेसम्म लिनुपर्नेछ ।

प्राधिकरणले पहिलो किस्ता लिएका सेवाग्राहीलाई दोस्रो किस्ता माघसम्म लिनुपर्ने भनेको छ। अन्तिम किस्ता लिन २०७७ वैशाखसम्म निवेदन दिनुपर्ने प्राधिकरणको सूचनामा उल्लेख छ। ०७८ बैशाख मसान्तभित्र तेस्रो किस्ताका लागि निवदेन दिइसक्नु पर्नेछ।

भूकम्पबाट क्षति भएकामध्ये ६ लाखभन्दा बढि निजी आवासको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुसार हालसम्म ५ लाख ७ हजार ६२३ घर निर्माण सम्पन्न भएको हो ।

७ लाख १० हजार २६८ घर बन्दै गरेको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले १० लाख ३७ हजार २९१ घरको सर्वेक्षण गरिएकामा आठ लाख ३४ हजार ९११ भूकम्पपीडित लाभग्राही सूचीमा समावेश भएका थिए ।

लाभग्राही सूचीमा समावेश भएकामध्ये ७७ हजार ३२५ प्रवलीकरण गर्ने गरी प्रमाणीकरण गरिएको छ । हालसम्म सात लाख ९१ हजार ७८७ लाभग्राहीले अनुदान सम्झौता गरिसकेका छन् ।

जसमा सात लाख ८५ हजार ७८ लाभग्राहीले पहिलो किस्ताको रु ५० हजार लिएका छन् । जग निर्माण सम्पन्न गरी छ लाख ७७ हजार ५५७ ले दोस्रो किस्ता लिएका छन् । घर निर्माण सम्पन्न गरी छ लाख छ हजार ५०५ ले तेस्रो किस्ता अनुदान लिएको प्राधिकरणले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here