अर्घाखाँची सिमेन्टले रुपन्देहीको सियारीमा स्वास्थ्य केन्द्र बनाउँदै

काठमाडौं । अर्घाखाँची सिमेन्ट कम्पनीले रुपन्देहीको सियारी गाउँपालिका वार्ड नं.२ मा स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ ।

कम्पनीले लगभग एक करोड रुपैँया बराबरको लागतमा मैनहियामा बनाउन लागेको सो स्वास्थ्य केन्द्र भवनको कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले सोमवार शिलान्यास गरेका छन् ।

निर्माणपश्चात् उक्त भवनमा सियारी गाउँपालिकाले ५ शैंयाको अस्पताल सञ्चालन गर्नेछ । कम्पनीले आफ्नो ब्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय क्षेत्रमा स्वास्थ्य केन्द्र स्थापना गर्न लागेको उद्योगका निर्देशक राजेशकुमार अग्रवालले जानकारी दिए ।

अबको एक वर्षभित्र भवन निर्माण सम्पन्न गरेर सम्बन्धीत गाउँपालिकालाई हस्तान्तरण गर्ने कम्पनीको उदेश्य रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here