विदेशी भुक्तानी प्रणालीबाट कारोबार गर्न नपाइने

काठमाडौ ७, जेठ । विदेशी भुक्तानी प्रणालीमार्फत नेपालमा कारोबार नगर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । विदेशीहरुले नेपालमा आफ्नै देशको विभिन्न भुक्तानी प्रणालीमार्फत कारोबार गरेको पाइएपछि राष्ट्र बैंकले उक्त निर्देशन दिएको छ ।

राष्ट्र बैंकले सोमबार सूचनामार्फत वीच्याट पे र अलीपे लगायत एपमार्फत हुने भुक्तानी रोक्न निर्देशन दिएको हो । वीच्याट पे र अली पे चिनियाँ एप हुन । ती एममार्फत चीनमा सबै प्रकरको भुक्तानी गर्न सकिन्छ ।

पछिल्ला महिनाहरुमा नेपालमा पनि ती एपमार्फत कारोबार भएको पाइएको छ । ती कारोबार सञ्चालकले कारोबारका लागि अनुमति नपाएकाले गैरकानूनी भएको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल आउने चीनिया पर्यटक र व्यापारीहरुले वीच्याट पे र अलीपे मार्फत कारोबार गर्दै आएको र यस्तो कारोबार दिनानु दिन बढदै गएकाले रोक्नु परेको राष्ट्र बैंकले जनाएको छ ।

ती प्रणालीमार्फत भुक्तानी गर्दा कारोबार नेपालमै भए पनि भौतिक रुपमा विदेशी मुद्रा प्राप्त हुदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here