च्याम्पियन्स लिगः बार्सिलोना र युभेन्ट्स भिड्दै, दुई वर्षपछि मेसी-रोनाल्डो आमनेसामने

काठमाडौं । युरोपियन च्याम्पियन्स लिगमा मंगलबार राती स्पेनिस क्लव बार्सिलोना र इटालियन क्लव युभेन्ट्स भिड्दै छन् । राति पौने २ बजे बार्सिलोनाको मैदान क्याप नाउमा हुने खेलपछि समूह विजेताको टुंगो लाग्नेछ ।

आजको यो खेललाई निकै प्रतिक्षित खेलको रुपमा हेरिएको छ । किनभने बार्सिलोनाका फरवार्ड लिओलन मेसी र युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो दुई वर्ष भन्दा बढी समयपछि एकअर्काविरुद्ध भिड्दैछन् । सन् २०१८ मा रोनाल्डोले स्पेनिस क्लब रियल म्याड्रिड छाडेर इटाली लागेपछि दुई खेलाडी आमनेसमाने भएका थिएनन् ।

यो सिजन च्याम्पियन्स लिगमा बार्सिलोना र युभेन्ट्स एउटै समूह ‘जी’ मा परेसंगै पहिलो खेलमै यी दुई खेलाडी आमनेसमाने हुने विश्वास गरिएपनि कोरोना भाइरसको संक्रमण भएपछि रोनाल्डोले खेल्न सकेनन् । सो खेलमा बार्सिलोनाले युभेन्ट्सलाई २-० गोलले पराजित गरेको थियो ।

किनभने बार्सिलोनाका फरवार्ड लिओलन मेसी र युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो दुई वर्ष भन्दा बढी समयपछि एकअर्काविरुद्ध भिड्दैछन्। सन् २०१८ मा रोनाल्डोले स्पेनिस क्लब रियल म्याड्रिड छाडेर इटाली लागेपछि दुई खेलाडी आमनेसमाने भएका थिएनन् ।

यसअघि पाँच खेल खलेको बार्सिलोना सबै खेल जित्दै १५ अंक सहित नकआउट चरणमा स्थान पक्का गरिसकेको छ भने बार्सिलोनासंग पराजित भएको युभेन्ट्स बाँकी चारवटै खेल जित्दै १२ अंक सहित समुहको दोस्रो स्थानमा रहदै अघिल्लो चरणमा स्थान बनाइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here