सानै उमेरमा किन फुल्छ कपाल ? यस्ता छन् कारण र उपचार

काठमाडौं । उमेर बढ्दै जादा कपालको रंगमा ह्रास आउँदै जाने र कपालको सेतो हुने यो प्राकृतिक प्रक्रिया हो तर, आजकल सानै उमेरमा कपाल सेतो हुने समस्या बढ्न थालेको छ ।

सानै उमेरमा कपला फुल्ने समस्याले धेरैलाई हैरान बनाईरहेको हुन्छ । तर, कपाल फुल्नु वा सेतो हुनुको पछाडि विभिन्न कारणहरु हुनसक्छ ।

सानै उमेरमा कपालको रंग अस्वभाविक ढंगले परिवर्तन हुनु चाहि कारणवश सानै उमेरमा मेलानिनको उत्पादनमा अवरोध आयो भनेर बुझ्नु पर्दछ । मुख्यतया सानै उमेरमा कपाल फुल्नुमा वंशानुगत कारण हुनसक्छ । कपाल फुल्न सक्ने अन्य कारणहरुमा पोषणको कमी, भिटामिन डी, बी १२, जिङ्क, आइरन, क्याल्सियमको कमीले पनि कपाल फुल्न सक्छ । त्यस्तै शरीरमा कुनै दीर्घरोग भएमा पनि उमेर अगावै कपाल फुल्न सक्छ भने अत्यधिक वा नियमित औषधीको सेवनले पनि कपाल फुल्न कुरा चिकित्सकहरु बताउछन् ।

बिशेषज्ञहरुका अनुसार रक्त अल्पता, थाइराइड तथा हर्मोनमा परिवर्तनले पनि चाडैँ कपाल फुल्दछ भने पेटको गडबडी वा पेटको रोगका कारणले पनि सानै उमेरमा कपाल फुल्ने गर्दछ । मदिरा, धुमपान, जंक फूड आदिको लामो सेवनले पनि सानै उमेरमा कपाल फुल्दछ भने जथाभावी रासायनिक पदार्थ, प्रदूषणले पनि उमेर अगावै कपाल फुल्छ ।

यस्तो छ उपचार

कपाल फुल्नलाई सत प्रतिशत कम गर्ने त्यस्तो कुनै उपचार हुँदैन् । तर कारण जानेर उपचार गरेमा यो समस्या केहि हदसम्म कम भने हुनसक्छ । कपालमा केमिकलयुक्त हेयर कलरको प्रयोग गर्नु हुदैन ।

त्यस्तै, भिटामिन डी, भिटामिन बी १२, जिङ्क, आइरन, क्याल्सियम आदिको कमी हुन दिनु हुदैन । साथै सन्तुलित आहार तथा एन्टिअक्सिडेन्टयुक्त खानेकुरा खाने, गुणस्तरयुक्त सावुन तथा स्याम्पुको प्रयोग गरेमा कपाल फुल्नबाट बच्न सकिन्छ ।(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here