बेलायतमा कोरोनाविरुद्धको खोप शुरु, पहिलो खोप लगाउने ९० वर्षीया महिला

काठमाडौं । बेलायतले कोरोनाको खोप औपचारिक रुपमा लगाउन शुरु गरेको छ । एक ९० वर्षीया महिलालाई खोप लगाएर देशव्यापी कोरोनाभाइरस विरुद्धको खोप अभियान शुरु गरेको हो ।

आगामी साता ९१ वर्ष पुग्ने मार्गारेटले बेलायती समय अनुसार साढे ६ बजे कोरोनाको खोप लगाएकी हुन्।

उनले खोपलाई सबैभन्दा राम्रो जन्मदिनको उपहार बताएकी छन्। उनलाई फाइजर र बायोएनटेकले विकास गरेको खोप दिइएको थियो।

यो महिनाको अन्त्यसम्ममा बेलायतमा ४० लाखलाई खोप लगाइने बताइएको छ। सुरुमा ८० वर्षभन्दा माथिका र केही स्वास्थ्यकर्मीहरूलाई यो खोप दिइने छ।

बेलायत फाइजरको खोपलाई अनुमति दिने पहिलो राष्ट्र हो। सो खोपको चार करोड मात्रा किन्न फाइजरसँग सहमति गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here