शिक्षकको हत्या गरेको जिम्मेवारी लिँदै विप्लव समूहले भन्यो, ‘प्रतिकारमा मारिए’

काठमाडौं, २३ मंसिर । मोरङको मिक्लाजुङ गाउँपालिका १ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटिएको अवस्थामा फेला परेको छ।

मंगलबार बिहान नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका पाँच जनाले घरबाटै अपहरण गरी लगेका श्रेष्ठको शव बर्खे जंगलमा फेला परेको हो।

यसअघि प्रहरीले उनको गोली हानी हत्या गरेको बताएपनि घटनास्थल पुगेको प्रहरीले श्रेष्ठको घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला पारेको हो।

विप्लब समूहको मेची(कोसी ब्युरोले मंगलबार साँझ विज्ञप्ति जारी गरी श्रेष्ठको हत्याको जिम्मेवारी लिएको छ । श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आएकाले प्रतिकारमा उनी मारिएको विज्ञप्तिमा दाबी गरिएको छ ।

उनले जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अपरेसन सञ्चालन गराएका थिए,’ विज्ञप्तिमा भनिएको छ, ‘२०७७ कात्तिक १२ गते ब्युरो इञ्चार्ज बसेको ठाउँमा प्रहरी अपरेसन गराएर ब्युरो सदस्य काशीराम घिमिरे र विज्ञान राईलाई गिरफ्तार गराएका थिए।’

श्रेष्ठले जनताका घरमा पटक-पटक प्रहरी पठाएर नेता-कार्यकर्तालाई खान-बस्न दिए तातो गोली खान्छौ भन्दै आतंकित पारेको दाबी विज्ञप्तिमा गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here