बार्सिलोनामाथि युभेन्टसको सहज जित, रोनाल्डोले गरे दुई गोल

काठमाडौं, २४ मंसिर । च्याम्पियन्स लिगअन्तर्गत समूह जीको अन्तिम खेलमा युभेन्टसले बार्सिलोनालाई पराजित गरेको छ ।

गएराती बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा युभेन्टसले बार्सिलोनालाई ३-० गोल अन्तरले पराजित गरेको हो । युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डोले २ र वेस्टन म्यानकेनीले एक गोल गरेका हुन् ।

युभेन्ट्सको खेलाडीको रुपमा बार्सिलोनाविरुद्ध पहिलो खेल खेलेका रोनाल्डोले च्याम्पियन्स लिगमा बार्सिलोनाविरुद्ध पेनाल्टीमा दुई गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।

सन् २०१८ मा रोनाल्डोले रियल मड्रिड छाडेपछि पहिलो पटक मेस्सी नेतृत्वको बार्सिलोना विरुद्धको खेल खेलेका हुन् ।

रोनाल्डोले च्याम्पियन्स लिगमा १ सय ३४ गोल संख्या पुरा गरेका छन् । योसँगै युभेन्टस समुह जी मा समुहमा १५ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ ।

त्यस्तै बार्सिलोना पनि १५ अंकसँगै दोस्रो स्थानमा रहेको छ । दुवै क्लब अन्तिम १६ मा प्रवेश गरिसकेका छन् । बार्सिलोना समूह उपविजेताको रुपमा अन्तिम १६ मा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here