नारायणी नदी किनार बन्ने ‘सी बीच’को प्रारम्भिक चरणको कामका लागि टेण्डर आब्हान

काठमाडौं, २४ मंसिर । चितवनको नारायणी नदी किनारलाई ‘सी बिच’ को रुपमा विकास गर्न प्रारम्भिक चरणको कामका लागि टेण्डर आब्हान गरिएको छ ।

पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले महानगरको गुरुयोजना अनुसार प्रारम्भिक चरणको कामका लागि (बुधबार) टेण्डर आब्हान गरेको हो ।

भरतपुर महानगरपालिकाले गौरव आयोजनाको रुपमा ‘सी बीच’ मोडल अगाडि ल्याएको थियो । सो योजनाको लागि झण्डै ६ करोड रुपैयाँ लागतमा डेढ बर्षभित्र काम सम्पन्न गर्नु पर्नेछ । जहाँ २ हजार ४ सय मिटर पैदल मार्ग, २ ठाउँमा पार्किङ स्थल र गार्डेनिङ बनाइनेछ ।

नारायण नदी किनारको लागि महानगरले यसअघि नै २३ करोडको लागतसहितको गुरुयोजना निर्माण गरेकोे थियो । नारायण नदी किनारको लागि महानगरले यसअघि नै २३ करोडको लागतसहितको गुरुयोजना निर्माण गरेकोे थियो ।

गतवर्ष महानगरपालिकाले करिब एक करोडको लागतमा नदी किनारमा टायल बिछ्याउने काम गरिसकेको छ । यस्तै नारायणी नदी किनारमै रिगंरोडसहितको तटबन्धनको काम भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here