शेयर मार्केटले रातारात अर्बपति बनेका ‘वाङ निङ’

काठमाडौं । शेयर मार्केटले एक चिनियाँ खेलौना निर्मातालाई रातारात अर्बपति बनाएको छ । गत शुक्रवार बजारमा सूचीकृत भएको वाङ निङको कम्पनी पप मार्टको सम्पत्ति केही समयमै बढेको हो ।

भित्र के छ भनेर हेर्न नमिल्ने खेलौना बनाएर बेच्दै आएको पप मार्ट स्थापना भएको केही समयमा नै सात अर्ब अमेरिकी डलरको कम्पनी बनेको छ । मार्टले प्रति खेलौना सरदर आठ डलरमा बिक्री गर्दै आएको छ ।

फोर्ब्स पत्रिकामा छापिएको खबरका अनुसार कम्पनीमा ५० प्रतिशत शेयर भएका वाङको कुल सम्पत्ति तीन अर्ब २० करोड डलर पुगेको छ ।

शेयर मार्केटबाटै ६७ करोड ४० लाख डलर उठाएको पप मार्टको मुख्यालय चीनको बेइजिङमा छ । फोर्ब्सको अनुसार शेयर बजारमा सूचीकृत भएकै दिन कम्पनीको शेयर मूल्य दोब्बर भएको थियो ।

७५ प्रतिशत ग्राहक महिला रहेको पप मार्टले चीन बाहेक विभिन्न २१ देशमा खेलौना विक्री गर्ने गरेको छ । (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here