मोदनाथ ढकालको नेतृत्वमा नाफिजमा १३ सदस्यीय कार्यसमिति चयन

काठमाडौं, २७ मंसिर । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौं महासभाले मोदनाथ ढकालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

शनिबार राजधानीमा सम्पन्न महासभाले द राइजिङ नेपालका मोदनाथ ढकालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मतिले चयन गरेको हो ।

त्यसैगरी भुवन आचार्य र मेनुका कार्की उपाध्यक्षमा चयन भएका छन्। महासचिवमा नारायण पौडेल तथा सचिवमा रोयल आचार्य, सहसचिवमा महमल अजमत अली र कोषाध्यक्षमा परमेश्वर अधिकारी चयन भएका छन् ।

महासभाले प्रजिता बुढाथोकी, फणीन्द्र दाहाल, रोबिन पौडेल, नवीन ढुङ्गाना र दीपक भट्टलाई सदस्यमा चयन गरेको छ ।

कार्यसमितिको पहिलो बैठकले गोपालचन्द्र सुवेदी र दिलु कार्कीलाई कार्यसमिति सदस्यमा मनोनीत गरेको छ ।

संस्थाका निवर्तमान अध्यक्ष सीताराम भट्टराई स्वतः कार्यसमिति सदस्य छन् । नवनिर्वाचित अध्यक्ष ढकालले संस्थाले आगामी दिनमा पेशागत सरोकार राख्ने अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सम्बन्ध विकास गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here