भ्याटमा दर्ता भएका करदाता २ लाख ६९ हजार, प्यान लिनेको सख्या ६८ प्रतिशतले घट्यो

काठमाडौं १ पुस । मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका करदाता २ लाख ६९ हजार २ सय ७८ पुगेका छन्।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा अभिवृद्धि कर भ्याटमा १३ हजार ३ सय १५ करदाता थपिएका छन् । यो अघिल्लो वर्षको तुलनामा १० हजारले कम हो ।

कोरोना भाइरसको प्रभावले परिस्थीति सहज हुन नसक्दा करको दायरा विस्तार समेत प्रभावित भएको अर्थ मन्त्रालयको कात्तिकसम्मको तथ्यांकले देखाएको छ ।

त्यस्तै अन्त:शुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख १ हजार १९७ पगुेको छ। चालु आर्थिक बर्षको कात्तिक महिनासम्ममा १३ हजार ३१५ करदाता थपिएको अर्थ मन्त्रालयले जनाएको छ । अघिल्लो वर्षको तुलनामा अन्त: शुल्कमा दर्ता हुने करदाताको संख्या घटेको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयकाअनुसार कात्तिक सम्म स्थायी लेखा नम्बर लिने करदाताको कुल संख्या ३५ लाख ७९ हजार ४७७ पुगेको छ ।

यस अवधीमा दर्ता भएका कुल करदाता मध्ये व्यवसायीक स्थायी लेखा नम्बर लिने करदाताको सख्या १४ लाख ३६ हजार ५५५, व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता २१ लाख ३६ हजार ५८६, करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर लिने ६ हजार ३३६ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here