काठमाडौं । बुधवार पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पोखराको फिस्टेल अस्पतालमा उपचाररत पोखरा महानगरपालिका १२ र पोखरा १ का एक/एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८६ पुगेको छ ।