विशेष अधिवेशनको माग गर्दै नेकपा सांसद शीतलनिवासमा

काठमाडौं, १ पुस । संसद अधिवेशनको माग गर्दै नेकपाका सांसदहरु राष्ट्र्पति कार्यालय शीतलनिवास पुगेका छन् ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेपछि संघीय संसदको विशेष अधिवेशनको माग गर्दै सांसदहरुको हस्ताक्षरसहितको निवेदन लिएर नेकपाका केही सांसदहरु शीतलनिवास पुगेका छन् ।

प्रधानमन्त्री केपी ओलीले संबैधानिक परिषद सम्वन्धि अध्यादेश ल्याएपछि असन्तुष्ट नेकपा सांसद राष्ट्रपति कार्यालय पुगेका हुन । निवेदन भने दर्ता भैसकेको छैन । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन बोलाउने कानुनी व्यवस्था छ ।

विशेष अधिवेशन माग गर्ने अधिकार संविधानले सांसदहरूलाई दिएको छ । विशेष अधिवेशन माग गर्न एक चौथाइ सांसद भए पुग्ने संवैधानिक व्यवस्था छ । संसद अधिवेशन माग गर्नका लागि चाहिने सांसदको संख्या नेकपाका अध्यक्ष पुष्पकमल दाहाल वरिष्ठ नेता माधब नेपाल पक्षभित्रैबाट जुटेको छ ।

प्रधानमन्त्रीको कदमप्रति असन्तुष्टि जनाउदै विभिन्न दलका नेता र सांसदले पनि संसद अधिवेशन बोलाउन माग गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here