अन्योलपूर्ण अवस्थाकाबीच नेकपा स्थायी कमिटी बैठक सुरु, ओली पनि सहभागी

काठमाडौं, १ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सुरु भएको छ ।

अन्योलपूर्ण अवस्थाकाबीच दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ घण्टा ढिलो गरी प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा सहभागी नहुने भनेपछि बैठक सुरु हुन सकेको थिएन ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पटक–पटकको प्रयासपछि प्रधानमन्त्री बैठकमा बस्न राजी भएका हुन् । दुई चरणमा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएपछि बैठक अघि बढेको हो।

मंसिर २१ गते देखि सुरु भएको स्थायी कमिटीको बैठकमा पार्टीका दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी सचिवालय बैठकमा पेश गरेको प्रस्ताव माथि छलफल हुने बताइए पनि ठोस रुपमा छलफलमा प्रवेश पाइसकेको छैन।

आज बस्ने बैठकमा सरकारले मंगलवार मात्र जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश माथि छलफल हुने बताइएको छ। प्रचण्ड- नेपाल पक्षले सरकारले जारी गरेको अध्यादेशलाई असंवैधानिक भन्दै खारेजीको माग गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here