बार्सिलोनाले रियल सोसिडाडलाई हरायो, एथ्लेटिको मड्रिड शीर्ष स्थानमा

काठमाडौं, २ पुस । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले रियल सोसियडाडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा जोर्डी अल्बा र फ्रान्की डी जोंगले एक एक गोल गरेका थिए । त्यस्तै रियल सोसियडाडका लागि विलियन जोसले एक गोल गरेका थिए ।

खेलका तिनै गोल पहिलो हाफमा भएको थियो । जितपछि १२ खेलबाट २० अंक जोडेको बार्सिलोना पाँचौँ स्थानमा छ ।

बार्सिलोनाले रियल सोसिडाडलाई हराएपछि एथ्लेटिको मड्रिड अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । उसको ११ खेलबाट २६ अंक छ । दोस्रो स्थानमा झरेको रियल सोसिडाडको १४ खेलबाट २६ अंक छ ।

यो जितसँगै बार्सिलोनाका लागि लियोनेल मेसीले क्याम्प नाउमा आफ्नो ३००औँ खेल जितेका छन् । जसमा ला लिगाका २११, च्याम्पियन्स लिगका ५३, कोपाका ३० र सुपर कपका ६ खेल जितेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here