कोरोना महामारीपछि बन्द भएको नेपाल-भारत हवाई उडान शुरु

फाइलफोटो

काठमाडौं, २ पुस । कोरोना भाइरसको महामारीपछि बन्द भएको नेपाल-भारत हवाई उडान ९ महिनामा शुरु हुँदैछ ।

चैत ११ गतेबाट प्रतिबन्ध गरिएको नेपाल–भारत उडान करिब नौ महिनापछि विहिबारदेखि सञ्चालनमा ल्याउन लागिएको हो।

काठमाडौ–नयाँदिल्ली गन्तव्यमा नेपाल–भारत दुवै देशले दैनिक दुई वटा उडान भर्ने निगमले जनाएको छ। निगमको एयरबस ए ३२० विमान काठमाडौं एयरपोर्टबाट दिउँसो साढे ११ बजे दिल्लीका लागि प्रस्थान गर्ने त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल स्रोतले जनाएको छ।

पहिलो उडानमा ८० प्रतिशतभन्दा बढी अक्कुपेन्सीमा यात्रु लिएर जहाज दिल्ली जाने भएको छ । भारतले एयर बबल स्कीम ल्याएपछि त्यहा रहेका विदेशीहरु धमाधम आफ्नो मुलुक फर्किरहेका छन् ।

भारतले अहिले २१ वटा मुलुकसँग ‘एयर ट्राभल बबल’ अन्तर्गत २१ मुलुकसँग दुईपक्षीय उडान सम्झौता गरिसकेको छ। हाललाई नेपाल एयरलाइन्स र एयर इण्डियाका दुई वटा नियमित उडान हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here