श्रीराम सुगर मिलले उखु किसानको सबै बक्यौता तीन दिनभित्र भुक्तानी गर्ने

फाइलफोटो/ किसानहरूको आन्दोलन

काठमाडौं,२ पुस । उखु किसानको सबै बक्यौता तीन दिनभित्र भुक्तानी गर्न श्रीराम सुगर मिल तयार भएको छ । चिनी उद्योगी संघका अध्यक्ष शशिकान्त अग्रवालको अनुसार श्रीराम सुगर मिलले १–२ दिनभित्र सबै बक्यौता तिरिसक्ने प्रतिबद्धता जनाएको हो ।

एउटाले गर्दा सबै चिनी उद्योगको बदनाम भएको साथै रकम भुक्तान गर्न ढिलाइ हुनु किसानमाथि अत्याचार भएको अग्रवालले बताए ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको आन्दोलन र चिनी उद्योगीले बक्यौता नदिएको विषयमा छलफल गरिरहेको छ । समितिको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले १ वर्षमा ७५ करोड बक्यौता भुक्तानी भएको बताए ।

२०७६ पुस १८ सम्म १४ उद्योगको १४० करोड बक्यौता रहेकामा २०७७ मंसिर ९ सम्म ६५ करोड बाँकी रहेको समेत घिमिरेले समितिलाई जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here