पुषभरि काठमाडौंका विद्यालय सञ्चालन नगर्न बिज्ञको सुझाव

काठमाडौं । कोविड १९ महामारीका कारण बन्द रहेका काठमाडौं भित्रका विद्यालय तत्काल नखोल्न बिज्ञहरुले सुझाव दिएका छन् ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको अध्यक्षतामा बुधवार राष्ट्रिय सभा गृहमा बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकमा बिज्ञहरुले, पछि पछुतो गर्नुभन्दा अहिले हतार नगर्न सुझाव दिएका हुन् ।

काठमाडौंमा कोविड १९ को संक्रमण कुन अवस्थामा छ ? एकिन छैन । अहिले जाडो मौसममा सामान्य अवस्थामा पनि विद्यालय बन्द नै रहन्थे । यो मौसम भाइरस फैलिन उपयुक्त भएकोले पनि विद्यालय खोल्न हतारिनु हुँदैन । बरु बैकल्पिक सिकाइका उपायलाई प्रभावकारी बनाउँदै लैजानु पर्छ । बिज्ञहरुको सुझावको सार थियो ।

कोविड १९ को महामारी नियन्त्रण आइ नसकेको अवस्थामा विद्यालयको शैक्षिक गतिबिधि अगाडि बढाउन कार्तिक २० गते शिक्षामन्त्री स्तरीय निर्णयले विद्यालय सञ्चालन कार्यढाँचा २०७७ स्वीकृत छ । यसले विद्यालय पुनः सञ्चालनको निर्णय गर्ने अधिकार स्थानीय सरकारलाई दिइएको छ ।

यस सन्दर्भमा काठमाडौं महानगरको शिक्षा बिभागले जिल्ला संकट व्यवस्थापन केन्द्रसमक्ष सरोकारवाला अधिकारी बोलाएर शैक्षिक कार्यक्रम कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल चलाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here