कोरोनाको प्रभाव: वैदेशिक रोजगारीमा जानेको संख्या ९६ प्रतिशतले घट्यो

काठमाडौं, ३ पुस । सरकारले कोरोना माहामारीको कारण तीन महिना बन्द गरेर खुल्ला गरेपनि श्रम स्वीकृति लिनेको संख्या झण्डै शतप्रतिशतले घटेको छ ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक बर्षको पहिलो चौमासिक तथ्यांक अनुसार वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिने कामदारको संख्या गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ९५.७ प्रतिशतले कमि भएको हो ।

चालु आर्थिक वर्षको चार महिनामा जम्मा तीन हजार ४६३ जना वैदेशिक रोजगारीका लागि गएका छन्।

अघिल्लो आर्थिक वर्ष यो संख्या ७९ हजार ६८० जना थियो। यसैगरी, साउनदेखि कात्तिकसम्मको अवधिमा वैदेशिक रोजगारीमा जान पुनः श्रम स्वीकृति लिने कामदारको संख्यामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७८.९ प्रतिशतले संकुचन आएको छ।

पुनः श्रम स्वीकृती लिनेको संख्या अघिल्लो वर्षको तुलनामा ८० हजार ८९१ बाट घटेर जम्मा १७ हजार १०८ रहेको छ।

गत वर्षको तुलनामा वैदेशिक रोजगारमा जानेहरुको संख्या ह्वात्तै घटेपनि आर्थिक वर्ष २०७७/७८को पहिलो तीन महिना (साउन, भदौ र असोज)मा विदेशबाट आउने विप्रेषण गत आर्थिक वर्षको तुलनामा १२.६ प्रतिशतले वृद्धि भएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार यो आर्थिक बर्षको पहिलो तीन महिनामा रु. २ खर्व ५८ अर्व ८६ करोड रेमिट्यान्स भित्रिएको छ । गत बर्षको यही अवधिमा २ खर्व २९ अर्व ८६ करोड थियो । जुन यो वर्षको तुलनामा ५.१ प्रतिशत कम हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here