‘सबै नागरिकलाई कोरोना खोप नि:शुल्क उपलब्ध गराउँछौं, स्रोतको अभाव हुँदैन’-अर्थमन्त्री

काठमाडौं, ३ मंसिर । अर्थमन्त्री विष्णु पौडेलले सबै नागरिकलाई राज्यले नि:शुल्क कोरोना खोप उपलब्ध गराउने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघको नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले कोभिड-१९ को लक्षण देखिएकाको लागि नि:शुल्क परीक्षण र उपचार गरे जसरी नै नि:शुल्क खोपको आर्थिक दायित्व पनि राज्यले व्यहोर्ने बताएका हुन् ।

पत्रकारहरुसँग कुरा गर्दै भने, नि:शुल्क खोपमा नागरिकहरुले दायित्व व्यहोर्नु पर्दैन,हामी त्यो तयारीमा छौं, नि:शुल्क खोप ल्याउनका लागि निशुल्क खोप उत्पादन गरेका देशहरुसँग कुटनीतिक संवाद जारी राखेका छौं ।

ग्लोबल मार्केटमा कोरोना खोप उपलब्ध हुनासाथ नेपालमा आयात गर्नका लागि तयारी भइरहेको बताए ।

सुरुमा फ्रन्टलाइनर, त्यसपछि वृद्ध र अनि सबै नागरिकलाई खोप लगाउँदै कोरोनाको लडाईलाई निर्णायक बनाउने दिशामा सरकार केन्द्रित रहेको बताए ।

कोभिड-१९ बाट प्रभावित अर्थतन्त्र र जनजीवनलाई पुरानै लयमा फर्काउन र चलाउनमान बनाउन, अर्थतन्त्रलाई सबल, सक्षम र गतिशिल बनाउन सरकारले सम्भव सबै उपाय अवलम्बन गर्छु उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here