काठमाडौं, ६ पुस । शोधनान्तर स्थिति २० अर्ब ४६ करोडले बचतमा रहेको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चार महिनाको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.३४ अर्ब १२ करोडले घाटामा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३० करोड ८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा १७ करोड ८ लाखले बचतमा रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ९.३ प्रतिशतले कमी आई रु.४ अर्ब १५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २३.९ प्रतिशतले कमी आई रु.३ अर्ब ७५ करोड कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.४ अर्ब ५७ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.४ अर्ब ९२ करोड रहेको थियो ।
द्दण्। समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.११० अर्ब ६५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२७ अर्ब २९ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २४ करोड ८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ९३ करोड १७ लाखले बचतमा रहेको छ ।