वैदेशिक व्यापार: निर्यात १०.८ प्रतिशतले वृद्धि, हस्तकला लगायतको माग घट्यो

काठमाडौं, ६ पुस । आर्थिक वर्ष २०७७/ ७८ को चार महिनामा कुल वस्तु निर्यात १०.८ प्रतिशतले वृद्धि भई रु.४० अर्ब २० करोड पुगेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चार महिनाको आर्थिक तथा वित्तीय अवस्था अनुसार वस्तु निर्यात १०.८ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २३.९ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः १४.९ प्रतिशत र ६.५ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ५९.२ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), चाउचाउ, आयुर्वेदिक औषधी लगायतका वस्तुको निर्यात बढेको छ । भने पाम तेल, दाल, जस्तापाता, हस्तकलाका सामानहरु, छाला लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७७/७८ को चार महिनामा कुल वस्तु आयात १०.६ प्रतिशतले घटेर रु.४०२ अर्ब ४९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६.९ प्रतिशतले घटेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३.१ प्रतिशत, २५.० प्रतिशत र १९.८ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, उपचारका साधन तथा पार्टपुर्जालगायतका वस्तुको आयात बढेको छ ।

पेट्रोलियम पदार्थ, हवाईजहाज तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात भनेघटेको छ ।

ढ। निर्याततर्पm सुख्खा बन्दरगाह, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा वृद्धि आएको छ । आयाततर्पm भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर र कैलाली भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

आर्थिक वर्ष २०७७/७८ को चार महिनामा कुल वस्तु व्यापार घाटा १२.५ प्रतिशतले घटी रु.३६२ अर्ब २९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ८.९ प्रतिशतले ह्रास आएको थियो ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.० प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here