थप ७४२ जनामा कोरोना पुष्टि, १०७९ जना संक्रमण मुक्त

काठमाडौं, ६ पुस । पछिल्लो २४ घण्टामा देशभर ७४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७४२ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो संगै नेपालभर कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५ सय १४ पुगेको पुगेको छ ।

थप १ हजार ७९ जना संक्रमण मुक्त भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ४४ हजार ७ सय ४३ पुगेको मन्त्रालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here