यी बैंकमा पाइन्छ सस्तो ब्याजमा कर्जा र बचतमा धेरै ब्याज

जितेन्द्र खनाल

काठमाडौं, ६ पुस । गत बुधवारदेखि लागु हुने गरी बैंक तथा वित्तीय संस्थाले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

हरेक त्रैमासमा ब्याजदर परिमार्जन गर्नुपर्ने र त्यसलाई सार्वजनिक गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ । सोही व्यवस्था बमोजिम बैंक तथा वित्तीय संस्थाले गत बुधबार देखि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

धेरै बैंक तथा वित्तीय संस्थाले बचत र निक्षेपको ब्याजदर घटाएका छन् । तर, निक्षेपको ब्याज धेरै घटेको छ भने कर्जाको कम ।

बैंकहरुले साधारण बचतको ब्याजदर औसतमा २.५ प्रतिशत विन्दु भन्दा तल झारेका छन् । यसले बचतकर्तालाई निराश बनाएको छ ।

निक्षेपको ब्याज धेरै नघटोस् भन्ने उद्देश्यले राष्ट्र बैंकले मुद्दती र साधारण निक्षेपमा दिइने ब्याजको अन्तर ५ प्रतिशत भन्दा कम नगर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएकको छ । तर, बैंकहरुले राष्ट्र बैंकको निर्देशनको धज्जी उडाउदै बचतको ब्याज धेरै तल झारिसकेका छन् ।

यस्तो अवस्थामा तपाईंलाई लाग्न सक्छ कुन बैंकले सस्तोमा कर्जा दिन्छन र कसले निक्षेपमा महङ्गो ब्याज । यस्तो छ बैंकहरुको ब्याजदर ।

राष्ट्रिय वाणिज्य बैंक

सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर अनुसार बचतको न्यूनतम ब्याजदर २.५ र अधिकतम ४.५ निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज दर ७.२५ निर्धारण गरेको छ । यो ब्याजदर निश्चित क्षेत्रकाले मात्र पाउँछन् भने आम बचतकर्ताका लागि मुद्दतिमा अधिकतम ब्याज दर ७.५ छ ।

प्रभु बैंक

प्रभु बैंकले बचतको न्यूनतम ब्याजदर २.५ निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ७.५० ब्याजदर निर्धारण गरेको छ ।

कृषि विकास बैंक

नयाँ ब्याज दर अनुसार कृषि विकास बैंकले बचतको ब्याज ३.५ निर्धारण गरेको छ । व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याज दर ७.२५ कायम गरेको छ ।

नेपाल बैंक

नेपाल बैंकले बचतको न्यूनतम ब्याज २.५ देखि अधिकतम ४.५ सम्म ब्याजदर कायम गरेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५ तोकेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकले बचत खाताको न्यूनतम ब्याजदर २.२५ र अधिकतम ४.२५ निर्धारण गरेको छ । व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याज दर भने ९.५ राखेको छ ।

९.५ ब्याज दर ५ वर्षभन्दा माथिका निक्षेपकर्तालाई मात्र हो । बैंकले एक वर्षे मुद्दतिको ब्याज दर ७.७५ निर्धारण गरेको छ । त्यस्तै, ३ महिनाको मुद्दतिमा ५.५ र ६ महिनादेखि १ वर्षको लागि ६.७५ रहेको छ ।

एनआइसी एसिया बैंक

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा ६.५ सम्म ब्याज पाइनेछ । बैंकको कात्तिक मसान्तसम्मको आधार दर ६.५० छ ।

नबिल बैंक

नबिल बैंकले बचतमा न्यूनतम १.५० देखि अधिकतम ३.५० सम्म ब्याज दर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिमा अधिकतम ८.५ दिने भनेको छ । एक वर्षे मुद्दतिको ब्याज ७.५० मात्र छ । स्थिर ब्याजमा घर कर्जाको लागि बैंकले न्यूनतम ८.४९ देखि ११.५० सम्म ब्याजदरमा कर्जा दिने बताएको छ ।

एनएमबी बैंक

एनएमबी बैंकले बचतको न्यूनतम ब्याज दर ३.५ र अधिकतम ५.५ तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८.५ र न्यूनतम ५.५ तोकेको गरेको छ ।

मेगा बैंक

मेगा बैंकले बचतको न्यूनतम २.५० देखि अधिकतम ४.५० सम्म ब्याज दर लागू गरेको छ । व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ७.५० निर्धारण गरेको छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले नयाँ ब्याजदर अनुसार बचतको न्यूनतम ब्याज २.५ देखि अधिकतम ४.५ सम्म तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५ तोकेको छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले बचतको न्यूनतम ब्याज २.५० देखि ४.५० सम्म निर्धारण गरेको छ भने व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८.५० निर्धारण गरेको छ । एक वर्षे mमुद्दतिको ब्याज भने ८.२५ कायम गरेको छ ।

कुमारी बैंक

कुमारी बैंकले पनि बचत खातामा न्यूनतम १.७५ देखि अधिकतम ४.५० ब्याजदर तोकेको छ । जसमा व्यक्तिगत मुद्दति निक्षेपमा ५.५० देखि ७.५० सम्म ब्याजदर निर्धारण गरेको छ ।

सानिमा बैंक

नयाँ ब्याजदर अनुसार सानिमा बैंकले बचतको ब्याज न्यूनतम २.५० निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको १०.५ निर्धारण गरेको छ । यो ब्याज ५ वर्षे मुद्दतिको हो । एक वर्षे मुद्दतिको ब्याज भने ७.५ छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले बचतमा न्यूनतम २.५ देखि अधिकतम ४.५ सम्म ब्याजदर दिने उल्लेख गरेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम ६.५ देखि अधिकतम ७.५० सम्म ब्याजदर दिने भएको छ ।

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले बचतमा न्यूनतम २.५ ब्याजदर तोकेको छ । व्यक्तिगत मुद्दतिमा अधिकतम ८.५० ब्याज निर्धारण गरेको छ ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकले बचत खातामा न्यूनतम २.५ देखि अधिकतम ४.५ सम्म ब्याजदर तोकेको छ । मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ३ महिनाका लागि ६.५५ देखि ५ वर्षभन्दा बढीको हकमा ८.५५ ब्याज दिनेछ ।

सनराइज बैंक

सनराइज बैंकले बचतमा न्यूनतम २.५ देखि अधिकतम ३.५० सम्म ब्याज दिने भएको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७.५ ब्याज निर्धारण गरेको छ ।

नेपाल क्रेडिट एन्ड कमर्स बैंक

नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले बचतको न्यूनतम ब्याजदर ३.५ निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको ८.५ निर्धारण गरेको छ ।

बैंक अफ काठमान्डू

बैंक अफ काठमान्डूले बचततर्फ न्यूनतम २.५ देखि अधिकतम ३.५० सम्म ब्याजदर निर्धारण गरेको छ । यो बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ५.५ देखि ७.५ ब्याजदर तोकेको छ ।

स्टाण्र्डर्ड चार्टर्ड बैंक

स्टाण्डर्ड चार्टर्ड बैंक नेपालले बचतको न्यूनतम ब्याजदर २.५ निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ६.५ रहेको छ ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले बचतको ब्याज १.५ देखि ३.५ तोकेको छ भने व्यक्तिगत मुद्दतिको अधिकतम ६.५ र न्यूनतम ४.५ निर्धारण गरेको छ ।

सेञ्चुरी कमर्सियल बैंक

सेञ्चुरी कमर्सियल बैंकले बचतको न्यूनतम ब्याज २.५० र अधिकतम ४.५० राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८.५ कायम गरेको छ । ८.५ ब्याज ३ वर्षदेखि माथिको मुद्दति निक्षेपका लागि हो । एक वर्षे मुद्दतिको ब्याज साढे ७.५० छ ।

नेपाल बङ्गलादेश बैंक

नेपाल बंगलादेश बैंकले साधारण बचतमा न्यूनतम ३ प्रतिशत र मुद्दती बचतमा अधिकम ८ प्रतिशत ब्याजदर तोकेको छ । यस्तै, बैंकले कर्जामा न्यूनतम साढे ४ प्रतिशत देखि अधिकतम ९ प्रतिशत ब्याजदर तोकिएको छ । यो बैंकले स्थिर ब्याजदर न्यूनतम ९.९९ प्रतिशत देखि १२.९९ प्रतिशतसम्म ब्याजदरमा कर्जा पाइन्छ ।

हिमालयन बैंक

हिमालयन बैंकले साधारण निक्षेपमा न्यूनतम २ प्रतिशत र अधिकतम ४ प्रतिशतसम्म ब्याज पाइन्छ । यो बैंकले कर्जामा आधार दरमा अधिकम ५ प्रतिशतसम्म प्रिमियम जोड्ने बताएको छ । बैंकले स्थिर ब्याजदरमा न्यूनतम ९.९९ र अधिकम ११.९९ प्रतिशत ब्याजदर तोकेको छ ।

प्राइम कमर्सियल बैंक

यो बैंकले साधारण निक्षेपमा न्यूनतम ३ प्रतिशत देखि १ वर्षे मुद्दती निक्षेपमा अधिकतम ८ प्रतिशत ब्याजदर तोकिएको छ । यस्तै, कर्जाको आधारदरमा न्यूनतम ४ प्रतिशत देखि साढे ६ प्रतिशतसम्म प्रिमियम तोकिएको छ । बैंकले स्थिर ब्याजदरमा ११ प्रतिशत देखि साढे १२ प्रतिशतसम्म तोकिएको छ ।

सिभिल बैंक

यो बैंकले साधारण बचतम न्यूनतम ३ प्रतिशत र मुद्दती निक्षेपमा अधिकतम ९ प्रतिशत ब्याजदर तोकेको छ । कर्जामा आधार दरमा न्यूनतम ३ प्रतिशत देखि अधिकतम ५.१६ प्रतिशतसम्म प्रिमियम जोडेर ऋण प्रवाह गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here