ग्लोबल आइएमई बैंकका २ नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

काठमाडौं, ६ पुस । ग्लोबल आइएमई बैंकले बर्दियाको राजापुर बजार र बाग्लुङको लेखनीमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । यी शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २४१ पुगेको छ ।

बैंकले बर्दिया जिल्ला राजापुर नगरपलिका वडा नं. ४, राजापुर बजारमा खोलिएको शाखारहित बैंकिङ सेवाको उद्घाटन राजापुर नगरपलिका वडा नं. ४ का वडा अध्यक्ष रमन कुमार रेग्मी र चेम्बर अफ कमर्स राजापुर बर्दियाका अध्यक्ष कृष्ण कुमार रेग्मीले संयुक्तरुमा गरे । उक्त शाखारहित बैंकिङ सेवाको संस्थागत प्रतिनिधिको रुपमा पौडेल टेडर्सलाई नियुक्त गरिएको छ ।

यसैगरी बाग्लुङ जिल्ला काठेखोला गाँउपालिका वडा नं. ८, लेखनीमा खोलिएको शाखारहित बैंकिङ सेवाको उद्घाटन बाग्लुङ चेम्बर अफ कमर्सका अध्यक्ष युवराज राजभण्डारीले गरे । उक्त शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रुपमा योगनाथ कंडेललाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधि मार्पmत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, टेलिफोन महशुल महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ सेवा शुरु गरेको छ ।

बैंकले हाल देशभरका २६४ शाखा सञ्जाल सहित २३९ एटीएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४१ शाखा रहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि कार्यालय मार्फत आफ्ना २१ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here