रेमिट्यान्स ११.२ प्रतिशतले बढ्यो, चार महिनामा तीन खर्ब ३८ अर्ब भित्रियो

remit

काठमाडौं, ६ पुस । विप्रषण आप्रवाह (रेमिट्यान्स) ११.२ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो ४ महिनाको वित्तीय प्रतिवेदनका अनुसार, विप्रेषण आप्रवाहमा ११.२ प्रतिशतले बढ्दै ३३७ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.८ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले बृद्धि भई २ अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.९ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५.८ प्रतिशतले कमी आई १९२५१ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.६ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७.९ प्रतिशतले कमी आई २५९३१ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.१ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद्रा ट्रान्सफर ८.८ प्रतिशतले वृद्धि भई रु.३७३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २.९ प्रतिशतले घटेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here