नबिल बैंकले ३५.२६ प्रतिशत लाभांश दिने

काठमाडौं, ६ पुस । नविल बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७६/०७७ को सञ्चित मुनाफाबाट सेयरधनीलाई ३५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकका सेयरधनीले ३३.५ प्रतिशत अर्थात् १ सय कित्ता बराबर ३३.५ कित्ता सेयर पाउनेछन् भने बाँकी १.७६ प्रतिशत कर प्रयोजनका निमित्त छुट्याइएको हो ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ । बैंकको चुक्तापुँजी १० अर्ब ८ करोड रुपैयाँ छ । बोनस सेयर वितरणपछि चुत्तापुँजी बढेर १३ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here