श्रीराम सुगर मिल्सले तिर्‍यो उखु किसानको २५ करोड वक्यौता

फाइलफोटो/ किसानहरूको आन्दोलन

काठमाडौं, ७ पुस । रौतहटको गरुडा नगरपालिका–४ स्थित श्रीराम सुगर मिल्सले किसानको २५ करोड रूपैयाँ बक्यौता रकम भुक्तानी गरेको छ ।

श्रीरामले एक सूचना जारी गर्दै किसानको बक्यौता तिर्न पुस ३ गते १६ करोड ४४ लाख ७० हजार ७०० रुपैयाँ र आज ५ गते ८ करोड २५ लाख ५७ हजार ५१९ गरी कुल २५करोड ३० लाख २७ हजार ५२६ रुपैयाँ जम्मा गरेको जानकारी गराएको छ ।

खातामा जम्मा भएको रकम रकमबाट किसानको रकम भुक्तानी गर्न सम्बन्धित बैंकलाई निर्देशन दिइएको उद्योगले जनाएको छ । कृषकको बक्यौता भुक्तानी शुरु भइसकेको र क्रमशः सबै किसानले भुक्तानी पाउने उद्योगले जनाएको छ

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्कअनुसार श्रीराम सुगर मिल्सको बक्यौता रकम रु ३५ करोड रहेको छ । अझै मिल्सले रु १० करोड रकम भुक्तानी गर्न बाँकी रहेको छ ।

यसैगरी मन्त्रालयको तथ्याङ्कअनुसार लुम्बिनी चिनी मिल्सको रु आठ करोड ४१ लाख, इन्दिरा सुगर मिल्सको रु चार करोड ७० लाख, अन्नपूर्ण सुगर मिल्सको रु १७ करोड बाँकी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here