काठमाडौं, ७ पुस । सत्तारुढ नेकपा अध्यक्ष केपी शर्मा ओली समूहले विस्तार गरेको पार्टी केन्द्रीय समितिको सूची निर्वाचन आयोगमा दर्ता भएको छ ।
प्रमुख निर्वाचन आयुक्तको तोक लगाएपछि दर्ता शाखामा पुगेको हो ।
केन्द्रीय समिति बिस्तार भएको उल्लेख छ र सँगै विस्तारित केन्द्रीय समितिमा रहेका सदस्यहरुको सूची संलग्न रहेको पत्रमा पार्टी अध्यक्ष ओलीको हस्ताक्षर रहेको आयोग स्रोतले जनाएको छ ।
मंगलबार बालुवाटारमा बसेको बैठकले आफूपक्षीय केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य संख्या ११९९ बनाएर थपेर महाधिवेशन आयोजक समिति घोषणा गरेका हुन् ।
हाल नेकपाको केन्द्रीय सदस्य ४४६ जनाको रहेको छ भने ७५३ जना थपिएसँगै केन्द्रीय सदस्य ११९९ जनाको हुनेछ । जुन महाधिवेशन आयोजक समितिको रुपमा रहनेछ ।
ओली समूहको बालुवाटार भेला सकियो, आगामी मंसिर २ गते पार्टी महाधिवेशन गर्ने निर्णय
ओली पक्षले प्रवक्ताबाट नारायणकाजीलाई हटायो, प्रदीप ज्ञवालीलाई जिम्मेवारी
टोपबहादुर रायमाझी र मणि थापाले प्रचण्ड क्याम्प छाडे, बालुवाटार बैठकमा सहभागी
ओलीद्वारा ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा
नेकपा दुई पक्षको छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक, एक-अर्कालाई कारबाहीको तयारी