बेलायतबाट नेपाल प्रवेशमा रोक, ट्रान्जिट हुँदैपनि आउन नपाउने

फाइलफोटो

काठमाडौं, ७ पुस । नेपाल सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ।

मंगलबार बसेको कोभिड नियन्त्रणसम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उडान गरिरहेका सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई यस्तो निर्देशन दिएको छ ।

बेलायतबाट कुनै पनि एयरलाइन्सले सिधा उडानबाट वा बेलायतको कुनै पनि विमानस्थलमा ट्रान्जिट गरी नेपालमा यात्रु ल्याउन पाउने छैनन् । यसबाट नेपालबाट बेलायत जाने यात्रु समेत प्रभावित बनेका छन् ।

बेलायतसहित यूरोपका कतिपय मुलुकमा अहिले कोरोना भाइरसको नयाँ रुप देखिएको छ । यसको नेपाल प्रवेश रोक्न सरकारले उडानमा प्रतिवन्ध लगाएको हो ।

प्रतिवन्ध अर्को सूचना जारी नभएसम्म जारी रहने भएको छ । यस्तै आज नेपाल आउन ट्रान्जिटमा रहनेले अनिवार्य रुपमा १० दिन होटल क्वरेन्टिन बसि परीक्षण गरेर मात्र घर गन्तब्य जान पनि सरकारले अनुरोध गरेको छ।

बेलायतमा नयाँ प्रकारको कोरोना देखिन थालेपछि विश्वका धेरै देशले बेलायतका उडानमा प्रतिबन्ध लगाएको छ। यसबीचमा नेपालले पनि बेलायतसँगको उडान प्रतिबन्ध गरेको हो।

बेलायतमा देखा परेको नयाँ प्रकारको भाइरस पहिलेको भन्दा ७५ प्रतिशत संक्रामक भएको बताइएको छ। यद्यपी नयाँ प्रकार खतरनाक भने नभएको डब्लूएचओले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here