एउटै क्लबमा मेस्सीको ६४४ गोल पूरा, तोडियो सर्वाधिक गोल गर्ने पेलेको रेकर्ड

काठमाडौं, ८ पुस । अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेस्सीले बार्सिलोनाका लागि ६४४ गोल गर्दै नयाँ कीर्तिमान कायम गरेका छन्।

यो कीर्तिमानसँगै यसअघि एकै क्लबका लागि सर्वाधिक गोल गरेर रेकर्ड कायम गरेका फुटबल खेलाडी पेलेको रेकर्ड तोडिएको छ ।

यसअघि पेलेले सान्तोस क्लबका लागि ६४३ गोल गरेर कीर्तिमान कायम गरेका थिए। उनले सान्तोस क्लबका लागि सन् १९५६ देखि १९७४ सम्म खेलेका थिए।

तर ३३ वर्षीय मेस्सीले बार्सिलोनाका लागि ६४४ गोल गेरसँगै त्यो रेकर्ड तोडिएको हो। मेस्सीले बार्सिलोनाको सिनियर टिमबाट १६ सिजनमै यो उपलब्धी हासिल गरेका हुन् । यसबीचमा उनले बार्सिलोनालाई १० पटक ला लिगा र ४ पटक च्याम्पियन्स लिगको उपाधि दिलाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here