रिचार्जरको क्रिसमस अफरः ७ हजार ८ सय रुपैंयाँको मासिक किस्तामा आईफोन १२

काठमाडौं, ८ पुस । मोबाइल एप रिचार्जरले आईफोन १२ किन्न चाहनेहरुलाई ७ हजार ८८८ रुपैंयाँको मासिक किस्तामा १२८ जिबी स्टोरेज भएको आईफोन १२ उपलब्ध गराउने भएको छ ।

यसका लागि डाउन पेमेण्टमा कुनै शुल्क नलाग्ने तर क्रेडिट कार्ड अनिवार्य हुने रिचार्जरले जनाएकाे छ ।

माछापुछे« बैंक, एनआईसी एशिया बैंक, सिद्धार्थ, ग्लोबल आईएमई, मेगा बैंकका क्रेडिटकार्ड वाहले तत्काल आईफोन खरिद गर्न सक्ने छन् । अरुले भने रिचार्जरको मोबाइल एपबाट नयाँ प्रकृयाबाट शुन्य प्रतिशत व्याजदरमा आईफोन खरिद गर्न सक्नेछन् ।

त्यसैगरी रिचार्जरले क्रिमसको अवसरमा गिफ्टहरुको खरिदमा ७० प्रतिशतसम्म छुट उपलब्ध गराउने जनाएकाे छ ।

गूगल प्ले तथा एपस्टोरबाट रिचार्जर एप डाउनलोड गरी क्रिसमसका अन्य अफरमा सहभागी हुन सकिने कम्पनीले जनाएकाे छ । रिचार्जरले अफरको समयमा १२ रुपैंयाँमा आईफोन १२ जित्ने व्यवस्था गरेको छ । यसका लागि एपबाट गोलाप्रथाका लागि १२ रुपैंयाँमा टोकन खरिद गर्नु पर्ने रिचार्जरले जनाएको छ ।

गुगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरी एकाउण्ट खोल्दा १ हजार क्यास प्वाइन्ट पाउन सकिन्छ । यसका साथै रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्टका साथै अन्य सेवाहरुको महसुल भुक्तानीमा पनि पाइने क्यास प्वाइन्टलाई रिचार्जरबाट सामान किन्दा छुटका रुपमा प्रयोग गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here