मेस्सीले बनाएका यी ५ रेकर्ड, जुन सजिलै तोड्न असम्भव छ

काठमाडौं । स्पेनिस क्लव बार्सिलोनाबाट व्यवसायीक फुटबल खेल्दै आएका ३३ वर्षिय अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेस्सीले बुधवार विहान थप एक विश्वरेकर्ड आफ्नो नाममा बनाएका छन् ।

बुधवार विहान स्पेनिस ला लिगामा रियल भालाडोलिडलाई १ गोल गरेसंगै यसअघि ब्राजिलका स्टार खेलाडी पेलेको नाममा रहेको एउटै क्लवको लागि सर्वाधिक गोल गर्ने रेकर्ड तोड्दै उक्त रेकर्ड मेस्सीले आफ्नो नाममा बनाएका हुन् ।

मेस्सी अहिलेसम्म बार्सिलोनाको लागि ६४४ गोल गरिसकेका छन् । यो एउटै क्लवको लागि गरिएको सबैभन्दा धेरै गोल हो । यसअघि ब्राजिलियन क्लव सान्तोसको लागि पेलेले गरेको ६४३ गोल एउटै क्लवको लागि गरिएको सबैभन्दा धेरै गोल थियो ।

यसका अलवा केही अन्य रेकर्डपनि मेस्सीले आफ्नो नाममा बनाएका छन् जुन सजिलै तोड्न असम्भव छ । जुन यस प्रकार छ ।

१. एक क्यालेन्डर वर्षमा ९१ गोल

मेस्सीको नाममा एक क्यालेन्डर वर्षमा सबैभन्दा धेरै गोल गर्ने रेकर्ड छ । उनले सन् २०१२ मा एक क्यालेन्डर वर्षमा ९१ गोल गर्दै विश्व रेकर्ड कायम गरेका थिए ।

२. एउटै क्लवको लागि ६४४ गोल

मेस्सीले बुधवार रियल भालाडोलिड विरुद्ध गोल गरेसंगै बार्सिलोनाको लागि ६४४ गोल पुरा गरेका हुन् । यसअघि ब्राजिलियन स्टार खेलाडी पेलेले ब्राजिलियन क्लब सान्तोसको लागि सर्वाधिक ६४३ गोल गरेका थिए ।

३. अर्जेन्टिनाको लागि सबैभन्दा धेरै गोल

अर्जेन्टिनाको लागि सबैभन्दा धेरै गोल गर्ने रेकर्ड पनि मेस्सीले आफ्नो नाममा बनाएका छन् । उनले अहिलेसम्म अर्जेन्टिनाको लागि ७१ गोल गरिसकेका छन् ।

४. ७ पटक पिचिचि अवार्ड, ६ बालोन डिओर र ६ पटक गोल्डेन बुट

मेस्सीले सबैभन्दा धेरै पिचिचि अवार्ड, बालोन डिओर र गोल्डेन बुट पाउने खेलाडीको रेकर्ड पनि आफ्नो नाममा बनाएका छन् । जसमा मेस्सीले अहिलेसम्म ७ पटक पिचिचि अवार्ड, ६ बालोन डिओर र ६ पटक गोल्डेन बुट जितिसकेका छन् ।

५. इएल क्लासिकोमा सबैभन्दा धेरै गोल

मेस्सीको नाममा इएल क्लासिको (बार्सिलोना भर्सेस रियल मड्रिड) मा सबैभन्दा धेरै गोल गर्ने रेकर्ड छ । मेस्सीले रियल मड्रिड विरुद्ध अहिलेसम्म २६ गोल गरिसकेका छन् । दोस्रो स्थानमा रियल मड्रिडका अल्फ्रेडो डि स्टोफानो र क्रिस्टियानो रोनाल्डोले समान १८ गोल गरेका छन् ।

यसका अलवा मस्सीको नाममा एउटै सिजनमा सबैभन्दा धेरै गोल (७१) गर्ने, ला लागिमा सबैभन्दा धेरै गोल, च्याम्पियन लिगको एउटै खेलमा ५ गोल गर्ने, बार्सिलोनालाई सबैभन्दा धेरै ट्रफी जिताउने जस्ता रेकर्ड छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here